माधव नेपालदेखि ओनसरी घर्ति, जनार्दनदेखि गच्छदारसम्मले स्वकीय सचिवको तलब आफै बुझे

काठमाडौं । संसद सचिवालयको रेकर्डमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि पूर्वउपप्रधानमन्त्री बिजयकुमार गच्छदारसम्मका २२ सांसदका स्वकीय सचिव छैनन् । तर उनीहरुले हुँदै नभएका स्वकीय सचिवको तलव आफै बुझेको संसद सचिवालयले जनाएको छ ।
स्वकीय सचिव नै नभएका २२ सांसदले स्वकीय सचिवको तलव बुझेका छन् । यसरी तलव बुझ्नेमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री बिजयकुमार गच्छदार, चर्चित पूर्वमन्त्री जनार्दन शर्मा, पूर्वसभामुख ओनसरी घर्ति, अमरेशकुमार सिंह, विश्वभक्त पोखरेलसहित २२ सांसद रहेका छन् ।
संसद सचिवालयको रेकर्ड अनुसार उनीहरुका स्वकीय सचिव छैनन् । स्वकीय सचिव हुने सांसदले सचिवालयमा नाम दर्ता गराएका छन् । तर उनीहरुले स्वकीय सचिवको नाम दर्ता गराएका छैनन् । तरपनि स्वकीय सचिवको तलव उनीहरु आफैले बुझ्ने गरेको संसद सचिवालयले जनाएको छ । यसरी गैरकानुनीरुपमा स्वकीय सचिवको तलब बुझनेमा १२ नेकपाका सांसद रहेका छन् भने ८ जना नेपाली कांग्रेसका नेता रहेका छन् । २ जना अन्य पार्टीका सांसदले स्वकीय सचिवको तलव आफै बुझेका थिए ।
केही दिनअघि काठमाडौंमा घर भएका सांसदले घरभाडा बुझेका थिए । घरभाडा बुझेपछि नेकपा सांसद योगेश भट्टराईले गल्ति भएको भन्दै तत्कालै फिर्ता गर्ने घोषणा गरेका थिए । उनले फिर्ता गर्ने घोषणा मात्र गरेका छैनन् भविश्यमा नलिने निर्णय समेत गरेका छन् ।

Comments