निर्मलालाई न्याय माग्दै विवेकशिल साझाको नेतृत्वमा बालुवाटार अगाडि प्रदर्शन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ ।

विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा शनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रदर्शन गरिएको हो । ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन गृह मन्त्रालय असक्षम भएको दाबी गरे ।

उनीहरुले आपराधिक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिन दिन पनि माग गरे ।

पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दे राजधानी लगायत मुलुकभर दिनहुँ प्रर्दशन भइरहेका छन् । तर घटनाको ५ महिना वितिसक्दा पनि सरकारले दोषी पक्राउ गर्न सकेको छैन ।

Comments