प्रत्यक्ष शासनकालको झल्को दिने गरी पूर्वराजा ज्ञानेन्द्रको पोखरामा भब्य स्वागत (१० तस्विर)

काठमाडौं । लामो समयदेखि पोखरामा भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको आइतवार भब्य स्वागत गरिएको छ । राजाको प्रत्यक्ष शासन कालको भल्को दिने गरी पोखरामा उनको स्वागत गरिएको हो । आइतवार विहान १० बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा लेखनाथस्थित मदौरा कुनाको नर्बेदेस्वोर महादेव पुगेका थिए ।
मन्दिरभन्दा बाहिर सयौ मानिसहरु हातमा फुल लिएर उभिइरहेका थिए । १० देखि ७० बर्ष उम्मेर समुहका मानिसहरु सडकमा लामा लागि पूर्वराजा ज्ञानेन्द्रको स्वागत गरेका थिए । बाजा गाजासहित उनको स्वागत गरिएको थियो भने प्रत्यक्ष शासन काल झै उनीहरु कतिपय बुढापाकाले आफ्नो दुखहरु बताएका थिए ।
केही दिनदेखि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमण गरिरहेका छन् । उनीसँगै पूर्वरानी, पूर्वयुवराज्ञी हिमानी शाह पोखरा पुगेका छन् । पोखरामै उनले राप्रपा अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका थिए । पोखरामा बसेर पूर्वराजाले राजनीतिक चलखेल गरेको आरोप राजधानी काठमाडौंमा केही नेताहरुले लगाइरहेका बेला उनी भने नितान्त धार्मिक भ्रमणमा रहेको दावी शिवसेना नेपालले गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमणमा स्कटिडदेखि सुरक्षाको ब्यवस्था शिवसेना नेपालले मिलाइरहेको अध्यक्ष अनिल बस्नेतले बताए ।

Comments