जब बुद्धिकृष्ण लामिछानेले सात वर्ष पिँढीमा बसेर आँसु खसाले…?

भक्तपुर । ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’….लोकगायक बृद्धिकृष्ण लामिछानेको यो गीत नसुन्ने साहेद कमै नेपाली होलान । लोकगायक बृद्धिकृष्ण लामिछानेका लोक गीत नेपाली समाजमा जति परिचित थिए, त्यति परिचित बुद्धिकृष्ण लामिछाने आफै बन्न सकेनन् । ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर…. यो गीत निकै चर्चित मात्र बनेन उनको जीवनमा पनि लागु भयो ।

पक्षघात लगायत रोगबाट बृद्धिकृष्ण ७ बर्षदेखि थलिएका थिए । उनी घरको पिडीमा बसेर आर्थिक अभावले रोइरहेका थिए । उनको गीत दुनियाँले सुन्यो तर उनी रोयको आवाज न समाजले सून्य न राज्यले । गीतमा पिँढीमा बसेर आमा रोएकी थिइन भने बास्तविक जीवनमा बृद्धिकृष्ण पिँढीमा बसेर आँसुु खसालीरहेका थिए । उनको आँसु देख्न साथीसँगती त आए तर आँसुलाई खुसीमा परिणत गर्न सांगितिक बजारका कुनै पनि ब्यवसायी आएनन् । नत राज्यले नै उनको दुखेको मनमा मलम लगायो ।

६३ बर्षको उम्मेरमा संसारबाट शुक्रवार विदा लिएका बृद्धिकृष्णको अन्त्यष्टी पनि सुनसान नै भयो । चर्चित ब्यक्तिको सुनसान विदाईमा न कलाकर्मी उपस्थित भए नत राष्टिय झण्डा ओड्ने सौभाग्य नै पाए । बृद्धिकृष्णले लोकप्रिय गीतमात्र गायनन्, रेडियो नेपालदेखि नेपाली सेनाको प्रशासनसम्म बसेर राज्यको सेवा गरे । आफ्नो सेवाको बदला उनले राज्यसँग औषधी उपचार पनि लिन पाएनन् । रोगले ग्रस्त भएका लोकप्रिय गायक घरकै पिँढीमा बसेर रोइररहे ।

उनले दर्जनौ लोकप्रिय गीतहरु गायका छन् । ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’, ‘पर्नु प¥यो पिर,’ ‘घासँ काट्ने खुर्केर’ उनका चर्चित गीत मध्येका हुन् यी । उनले पछिल्लो समय तिम्रो र मेरो मायाको डोरो बेरौकी फनफनी गीत गायका थिए । तत्कालिन चर्चित गायिका तथा हालकी सांसद कोमल ओलीसँग गायको यो गीत निकै चर्चित बनेको थियो । खुट्टामा प्यारालाइसिस भएर अस्पतालको बेडमा पल्टिरहेका बेला पनि उनले यो गीत गायका थिए ।

बृद्धिकृष्ण विरामी परेको थाहा पाएपछि दुई बर्षअघि कोमल ओली उनको निवास भक्तपुरको बागेश्वरीमा पुगेकी थिइन । कोमल ओली भेट्न आउँदा निकै खुसी भएका बुद्धिकृष्णले तिम्रो र मेरो मायाको डोरी बेरौला फनफनी गीत गायका थिए । विरामी बृद्धिकष्णले गीत गाउन थालेपछि कोमल पनि गीतमै कस्सिएकी थिइन । अस्पतालको बेडमा उनले त्यो क्षण आफ्ना लागि जीवनकै रमाइलो क्षण भएको बताएका थिए ।

Comments