प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत र प्रदेश सरकारलाई निगरानीमा राख्न ११ सांसदको माग

काठमाडौं । प्रदेश नम्वर २ का मुख्यमन्त्रीसहित सरकारलाई कारवाही गर्न एक दर्जन सांसदहरुले संघ सरकारसँग लिखित आग्रह गरेका छन् । प्रदेश नम्वर २ बाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदले कुटनिितक मर्यादाभन्दा बाहिर गएर प्रदेश नम्वर २ सरकारले गतिविधि गरेको भन्दै सांसदहरुले कारवाहीको माग गरेका हुन् ।
शुक्रबार विहान ११ सांसदहरुले मुख्यमन्त्री लालबाबु राउत र अन्यमन्त्रीको गतिविधीमाथी छानविन गर्न माग गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई लिखित आग्रह गरेका छ । प्रदेश सरकारले कूटनीतिक मर्यादा विपरीतका गतिविधि गरेको उनीहरुको ठम्याई छ ।
प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीहरुलाई परराष्ट्र नीतिका बारेमा प्रशिक्षण दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साह परराष्ट्रमन्त्रीसँग माग गरेका छन् । कूटनीतिक मर्यादा विपरीतका गतिविधि हुन नदिन कूटनीतिक आचारसंहिता परिमार्जन गरी कडाइका साथ लागू गर्न उनीहरुले संघ सरकारलाई आग्रह गरेका हुन् ।

सांसदहरुले प्रधानमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका नेताहरुले कूटनीतिक नियोगका प्रमुखहरुसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरु अनिवार्य रहने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । त्यसैगरी परराष्ट्र मन्त्रालयको स्वीकृतिविना प्रदेश सरकारलाई कूटनीतिक भेटघाट गर्न नदिन पनि सरकारलाई आग्रह गरिएको सांसद साहले बताए ।
शुक्रवार विहान परराष्ट्रमन्त्रीलाई भेट्न सांसदहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, चाँदतारा कुमारी, दिल कुमारी, रेखाकुमारी झा, बोधमाया यादव, समिना हुसेन, सुमनराज प्याकुरेल प्रदेश सभा सांसद प्रमोदकुमार यादव, रामकुमार यादव र भरतप्रसाद साह मन्त्रालय पुगेका थिए ।

Comments