म्यान्चेष्टर सिटी पहिलो हाफको खेल सकिँदा सम्म ३–१ को स्थितिमा

काठमाण्डौ । इंग्लिश प्रिमियर लिग, अघिल्ला दुई खेलमा खराब प्रदर्शन गरेको साविको विजेता म्यान्चेष्टर सिटी पहिलो हाफको खेल सकिँदा सम्म ३–१ को स्थितिमा रहेको छ ।

जारी खेलमा सिटीले साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पछि पारेको हो । साउथह्याम्टनको घरेलु मैदानमा भैरहेको खेलमा पहिलो हाफमा सिटीले खेलको १० औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको छ । भने खेलको ३७ औं मिनेटमा साउथह्यम्टनका लागि होगवेरागले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसैगरि खेलको ४५ औं मिनेटमा सिटीले आत्माघाती गोल उपहार पाएको छ । साउथह्याम्टनका वार्ड प्रोव्सले सिटीलाई आत्माघाती गोल उपहार दिएका थिए । पहिलो हाफको अन्तिम समय अर्थात इन्जुरी टाइमकाे तेस्राे मिनेटमा सिटीका लागि सर्जियो अगुइरोले गोल गरेका छन् । पहिलो हाफको खेल सकिँदा सम्म सिटी ३–१ गोल अन्तरले अघि रहेको छ ।

Comments