माधव नेपाल सचिवालयको चेतावनी–आफ्नो गल्ती छोप्न,अरुलाई दोष नलगाउ

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सचिवालयले स्वकीय सचिवको विवरण पेश नै नगरी तलवभत्ता लिएको भन्ने संसद सचिवालयको भनाइप्रति आपत्ति जनाएको छ । नेपालको सचिवालय मार्फत बिज्ञप्ती जारि गर्दै निष्ठाको राजनीतिमा आँच आउने गरी कार्य नगर्न संसद सचिवालयलाई चेतावनी पनि दिएको छ ।

नेकपा वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमद्धारा जारि विज्ञप्तीमा भनिएको छ ‘स्वकीय सचिवालयमा २०६० देखि क. नितेश पौडेल र २०६८ साउनदेखि म क्रियाशील छौ’ गौतमको बिज्ञप्तीमा भनिएको छ ‘स्वकीय सचिवको विवरण प्रत्येक निर्वाचन पश्चात संसद सचिवालयलाई अद्याबधिक गराउनुपर्नेमा २०७४ को निर्वाचन पश्चात कसैले पनि स्मरण गराएको छैन । तरपनि हस्ताक्षर सहितका भर्पाईहरू संसद सचिवालयमा नियमित पेश भइरहेका छन् ।’

बिज्ञप्तीमा आर्थिक अनुशासन जस्तो संवेदनशील विषयमा पूर्व प्रधानमन्त्रीको नाम जोडिएको भन्दै सचिवालयले गम्भिर ध्यानाकर्षण गराएको छ । पार्टी र सरकार प्रमुख हुँदा आर्थिकरुपमा निस्कलंक नेपालमाथी स्वकीय सचिवको तलव बुझेको आरोप संसद सचिवालयले लगाएको छ । स्वकीय सचिव गौतमले आफ्नो गल्ति ढाक्न अरुप्रति अरोप नलाउन चेतावनी दिएका छन् ।

Comments