प्रचण्डको क्षेत्रमा पारसले बाले पानसमा दियो ! (पाँच तस्विर)

चितवन । राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको ११ बर्षपछि पूर्वयुवराज पारस शाह सार्वजनिक कार्यक्रममा पहिलो प्रमुख अतिथि बनेका छन् । उनी पहिलो प्रमुख अतिथि राजतन्त्रका प्रखर विरोधी र राजतन्त्र अत्य गर्ने गणतन्त्रबादी नेता तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा प्रमुख अतिथि बनेका हुन् । तमु ल्होसार पर्वको विशेष कार्यक्रममा प्रमुख अतिथि बन्दै उनले पानसमा दियो जलाएका छन् ।
आजै जन्मदिन परेका पूर्वयुवराज पारस तमु ल्होसारको कार्यक्रममा भाग लिन चितवन पुगेका हुन् । चितवन पुगेका पूर्वयुवराज पारसको विमानस्थलदेखि नै स्वागत र स्किटिङ गरिएको थियो ।
चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो भने छोरी रेणु दाहाल यहाँकी मेयर हुन् । कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको चितवन पुगेर उनले पानसमा दियो जलाएका छन् । पूर्वयुवराज शाहलाई राप्रपा र उनका समर्थकहरुले स्वागत गर्दै राजतन्त्रका पक्षमा नारा पनि लगाएका थिए ।
पछिल्लो समय पूर्वराजपरिवार सक्रिय बनेको छ । पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक भेटघाट गरिरहेका बेला चितवन पुगेर पारसले गणतन्त्रपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बनेका छन् ।

Comments