टेलिभिजन बुहारी दीपिका कक्कड बनिन् विग बोसकी बिजेता

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानले सञ्चालन गर्दै आएको रियालिटी शो विग बोस सिजन १२ को बिजेता टेलिभिजन एक्टर दीपिका कक्कड बनेकी छिन् । आइतवार राति घोषणा भएको विग बोसको फाइनल राउन्डबाट कक्कड बिजेता बनेकी हुन् ।
उनले अन्तिम प्रतिस्पर्धामा भारतीय क्रिकेट टीमका पूर्व सदस्य श्रीसंत थिए । श्रीसंतलाई पछि पार्दै उनी बिजेता बनिन् भने ३० लाख रकम र ट्रफी पाइन । अन्तिम प्रतिस्पर्धामा तीन जना थिए । अभिनेत्री कक्कड, क्रिकेटर श्रीसंत र दीपक ठाकुर रहेका थिए । तर खेलको अन्तिम क्षणमा ठाकुरले २० लाख रुपैयाँ लिएर प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।
कसर्ल टेलिभिजनले सञ्चालन गर्दै आएको विग बोस सिजन १२ को बिजेता दीपिका कक्कड टेलिभिजन सिरियल ससुराल सिमरकामा अभिनय गर्दै आएकी छिन् । सिरियलमा उनले बुहारीको भूमिका खेल्दै आएकी छिन् । यसअघि पनि टेलिभिजन सिरियलमा अभिनय गर्दै आएकी धेरै अभिनेत्रीहरु बिग बोसकी बिजेता बनिसकेकी छिन् । शिल्पा शिंदे, उर्वशी ढोलकिया, जूही परमार र श्वेता तिवारी बिजेता बनिसकेकी छिन् ।
बिग बोसमा प्रवेश गर्दा दीपिको इन्ट्री धमाकेदार थिएन । उनका पति शोएब इब्राहिमले काखमा उठाएर उनलाई विग वोसको घरमा पुरयाएका थिए । बिग बोसको घरमा उनी प्रवेश गर्दा कति दिन टिक्छिन् ? भन्ने सवैलाई चासो थियो तर बिजेता बन्छिन भन्ने कसैलाई पनि आंकलन थिएन । किनकी उनका पहिलो पतिसँग सम्बन्ध बिच्छेद भइसकेको थियो भने दोस्रो पतिसँग धेरै लामो समय छुट्टिएर बस्न उनी नसक्ने आँकलन गरिएको थियो ।

Comments