लुटपाट गरिरहेकै अवस्थामा पेस्तोल सहित ३ जना पक्राउ

काठमाडौँ । काठमाडौ प्रहरीले एक थान चाइनिज पेस्तोल र खुकुरीसहित तीन जनालाई लुटपाट गरिरहेको ठाउँबाट पक्राउ गरेको छ ।

शनिबार बेलुकी काठमाडौंको जडिबुडिबाट उनीहरुलाई पक्राउ गरेको हो। जडिबुडिस्थित गणेशमाया श्रेष्ठको घरमा अपरिचित व्यक्तिहरु हात हतियार सहित लुपाट गर्ने उदेश्यले प्रवेश गरेको भन्ने विषेश सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ्ग गल्छि घर भई कंलकी वस्ने वर्ष ३३ को अर्जुन प्रसाद अधिकारी, धादिङ्ग गल्छिकै वर्ष २५ को केदारप्रसाद अधिकारी र काभ्रे भुम्जु गाउँपालिका ८ घर भई चावहिल वस्ने वर्ष ३० को अन्जन उप्रेती रहेका छन्।

यसमध्ये केदार प्रसाद अधिकारी नेपाल प्रहरीमा दुई वर्षसम्म जागिर खाई छाडेको र फेरि नेपाली सेनामासमेत तीन वर्ष जागिर खाएर छाडेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

Comments