अभिनेत्री मलाइका अरोडको ज्याकेट चर्चा भारतभर, रेड ज्याकेटको मूल्य कति ?

काठमाडौं । बलिउड स्टार तथा अरवाज खानकी पूर्वपत्नी मलाइका अरोड़ाले लगाएको एक ज्याकेट अहिले निकै चर्चामा रहेको छ । फैशन स्टाइलिश लुकमा रहने अरोडाले किसमस डेमा लगाएको रातो पहिरनको चर्चा बलिउड भित्र पनि चलेको छ । धेरै बटनहरु राखिएको यो जाकेट देख्दा सामान्य लाग्छ । तर मुल्यका हिसावले यो निकै महँगो जाकेट हो ।
भारतीय एक न्यूज पोटलका अनुसार मलाइकाले लगाएको ज्याकेटको मुल्य ३३ हजार क्याडेनियन डलरको हो । उनले क्यानडा पुगेर ज्याकेट खरिद गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरवाज खानसँग सम्बन्ध बिच्छेद गरेपछि बलिउड अभिनेता अर्जुन कपुरको प्रेममा परेकी छिन् । उनीहरुको प्रेम सम्बन्ध अहिले बलिउडभित्र निकै चर्चामा छ । उनले किसमस डेमा लगाएको हिल्स पनि करिव डेढ लाख भारतीय रुपैया परेको एजेन्सीहरुले जनाएका छन् ।

Comments