म्यान्चेष्टर सिटीको जितमा सिल्भा र अगुइरो चम्किए,लिगको दोस्रो स्थानमा पुग्न सफल

काठमाण्डौ । इंग्लिश प्रिमियर लिग, अघिल्ला दुई खेलमा खराब प्रदर्शन गरेको साविकको विजेता म्यान्चेष्टर सिटी विजयी भएको छ । आइतबार भएको खेलमा सिटीले साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । साउथह्याम्टनको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा सिटीले खेलको १० औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको थियो ।

भने खेलको ३७ औं मिनेटमा साउथह्यम्टनका लागि पिएर्रे होज्वजेर्गले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसैगरि खेलको ४५ औं मिनेटमा सिटीले आत्माघाती गोल उपहार पाएको थियो । साउथह्याम्टनका जेम्स वार्डस प्रोव्सले सिटीलाई आत्माघाती गोल उपहार दिएका थिए । पहिलो हाफको अन्तिम समय अर्थात इन्जुरी टाइमको तेस्रो मिनेटमा सिटीका लागि सर्जियो अगुइरोले गोल गरेका थिए । खेलको दोस्रो हाफ निक्कै प्रतिस्पर्धात्मक रहे पनि दुवैतर्फबाट गोल हुन सकेन । खेलको ८५ औं मिनेटमा साउथह्याम्पटनका पिएर्रेले रातो कार्ड पाएपछि खेलको अन्तिम ५ मिनेट १० खेलाडीमा सिमित भएको थियो  । पेप ग्वार्डिवालाको सिटीले साउथह्यमम्टनलाई हराउँदै तालिकामा तीन अंक जोड्न सफल भएको छ ।

यो जितसंगै सिटी २० खेलबाट ४७ अंकको साथ खेलको दोस्रो स्थानमा उक्लिएको छ , भने खेल हारेको साउथह्यम्टन समान खेलबाट १५ अंकका साथ लिगको १७ औ स्थानमा रहेको छ । शीर्ष स्थानको लिभरपुलको २० खेलबाटै ५४ अंक रहेको छ । शीर्ष स्थानको लिभरपुल भन्दा सिटी ७ अंकले पछि परेको छ । भने तेस्रो स्थानको टोटेनह्याम ४५ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरि आइतबार नै भएको खेलमा बर्नलीले वेष्टह्यामलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

Comments