सुन्दर गायिका नेहा कक्कडले ब्रेकअपपछि भनिन्- मैले उसलाई सवै चिज दिए तर बदलामा ….?

एजेन्सी । भारतीय सुन्दर गायिका नेहा कक्कड़को चार बर्षे लामो प्रेम सम्बन्धमा ब्रेक लागेको छ । आफ्नो विन्दास अन्दाजबाट करोडौ शुभचिन्तकको मन जित्न सफल गायिका यति बेला भने निकै परेसानीमा परेकी छिन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर उनी मुस्किलमा परेकी हुन् ।
उनका ब्वायफ्रेड अभिनेता हिमांश कोहलीसँगको चार बर्ष लामो प्रेम सम्बन्ध तोडिएको छ । प्रेम सम्बन्ध तोडिएपछि उनले इंस्टाग्राममा भावपूर्ण शैलीमा अभिब्यक्ति दिएकी छिन् । मैले उनलाई सबै चिज दिए तर बदलामा….. ? उनले लेखेकी छिन् । इंस्टाग्राम अकाउटबाट दुवै जनाले अनफलो गरिसकेका छन् । उनले लेखेकी छिन मलाई थाहा थिएन दुनियाँमा यति धेरै खराव ब्यक्ति पनि हुन्छन् भनेर, तरपनि केही छैन सवै चिज गुमाएर होसमा आएकी छु ।
केही दिनअघि सकिएको इन्डियन आइडलमा नेहा जज थिइन । एक प्रतियोगिले इमासनल प्रेम गीत गायपछि उनी रुन थालेकी थिइन । हिमांश कोहली बलिउडमा संघर्ष गरिरहेका एक अभिनेता हुन् । यारियां फिल्मबाट उनले आफ्नो डब्यू गरेका थिए । बलिउडमा आउनुभन्दा पहिले उनी रेडियो मिर्चीमा आरजेको काम गर्थे । यो सुन्दर जोडी चार बर्षदेखि प्रेम सम्बन्धमा भएपनि ब्रेकअपको कारण भने खुल्न सकेको छैन ।

Comments