बक्सिङ डेमा भारत १ सय ३७ रनले बिजयी, अष्ट्रेलिया पराजित

एजेन्सी । अष्ट्रेलियाविरुद्वको तेस्रो टेष्टमा भारतले आफ्नो जित निकालेको छ ।

मेलवर्नमा भएको खेलमा भारतले १ सय ३७ रनको जित निकालेको हो । अन्तिम दिन घरेलु टोलीलाई जितका लागि १ सय ४१ रन आवश्यक थियो ।

जितसंगै चार म्याचको टेष्ट सिरिजमा भारत २–१ ले अगाडी बढेको छ । ३ सय ९९ रनको लक्ष्य पछ्याएको घरेलु टोली अष्ट्रेलिया २ सय ६१ रनमा अलआउट भयो । २ सय ५८ रनमा ८ विकेटको क्षतिमा अन्तिम दिनको खेल थालेको घरेलु टोलीले ३ रन बनाउन बाँकी दुई विकेट गुमायो ।

पाँचौ तथा अन्तिम दिन प्याट कमिन्स ६३ रनमा जसप्रित बुम्राहाको बलमा चेतेश्वर पुजाराबाट क्याच आउट भए । नाथन लियोनलाई ७ रनमा ईसान्त शर्माले आउट गराए ।

तेस्रो टेष्टमा बलियो देखिएको भारतले पहिलो पालीमा ४ सय ४३ रनमा ७ विकेट गुमाएर पाली समाप्तिको घोषणा गरेको थियो । अष्ट्रेलिया १ सय ५१ रनमा पहिलो पालीमा अल आउट भएको थियो ।

भारतले दोस्रो पालीमा २ सय ६१ रन बनाउँदै घरेलु टोली सामु ३ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

Comments