काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले आफ्नो विजय यात्रालाई जारी राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले लण्डन क्लब आर्सनललाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुल पाहुना टोली आर्सनललाई नमिठो हार चखाएर घर पठाउँदै अंक तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भयो । रोवर्टो फर्मिनोको ह्याट्रिकसंगै लिभरपुलले दोस्रो स्थानमा रहेको टोटेनह्यामसंगको अंकदूरी ९ पुर्याएको छ । पहिलो हाफको ११ औं मिनेटमा आर्सनलका मैट्ल्याण्ड निल्सले सुरुवाति गोल गरेपनि आर्सनलले अग्रता जोगाउन सकेन ।


Comments
Post a Comment