अब जाडोले कठ्यांग्रिएर कसैलाई मर्न दिन्न : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शितलहरबाट तराईमा हुने मृत्यूलाई रोक्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी)को तेस्रो श्रम संसदको शुक्रवार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शितलहरबाट जोगाउनका लागि सुरक्षा निकाय, स्थानीय तह प्रशासन, निजी क्षेत्र सबैसँग समन्वय गरिएको बताउदै उनले भने, “अब यस बर्ष देखि जाडोले कठ्यांग्रिएर कसैले मर्नु पर्दैन ।” शीतलहरबाट तराई हुने क्षतिलाई मध्यनजर गरेर पूर्व तयारी गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले अब नेपालमा श्रमजवी जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृति विकास र आर्थिक स्थिती सुधार गर्नका लागि सधैं सकारात्मक रहने बताए । सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने प्रधानमन्त्री ओलीको दावि छ ।

“हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं” प्रधानमन्त्री ओलीले भने, “मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।”

प्रधानमन्त्री ओलीले सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई त्रसित पार्न खोजेको बताउदैँ उनले भने, “सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो ।”

आधा शताब्वदी भन्दा बढि लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न सचेत समेत गराए ।

Comments