काठमाडौं । पल्सर शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लवले सरस्वीतीलाई ४-० ले हराउदैँ छैटौँ जित दर्ता गरेको छ ।
शुक्रवार ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा आक्रामक फुटबल खेलेको आर्मीले छैटौँ मिनेटमा अग्रता बनाउन सफल भएको हो । उसका लागि नवयुग श्रेष्ठले हेडमार्फत गोल गरे ।
सरस्वतीविरुद्ध खेलको छैटौं मिनेटमा नवयुगले दिपक गुरुङको पासमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा सुमन लामाले रातो कार्ड पाएपछि सरस्वती १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा आर्मीले उठायो ।
खेलको ३० औं मिनेटमा कप्तान भरतले पेनाल्टीमा गोल गर्दै आर्मीलाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कप्तान भरतले हेडबाट व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८० औं मिनेटमा एक आत्मघाती गोलको उपहार पाउदा आर्मीले ४-० को सहज जित निकाल्यो ।
जितसँगै आर्मीले ११ खेलबाट २१ अंक बनाएको छ भने सरस्वतीको १० अंक छ ।
Comments
Post a Comment