रातारात कसरी शान्त भए बामदेव ? प्रचण्डसँग टेलिफोनमा के थियो शान्त बनाउने बुटी ?

काठमाडौं । विहीबार नेकपा स्थायी कमिटीको बैठकमा निकै आक्रामक देखिएका नेता वामदेव गौतम शुक्रवारको अन्तिम बैठकमा लगभग मौन बसे । विहीबार साँझको बैठकमा आक्रमक गौतम शुक्रवार विहानको बैठकमा किन मौन बसे ? अधिकाँस स्थायी कमिटीका सदस्यहरु उनको भूमिकाप्रति चकित परेका छन् ।
विहीवार साँझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई घण्टा लामो जवाफ दिएपछि पनि उनी सन्तुष्ट थिएनन् । नोट अफ डिसेन्ट लेख्नै भन्दै दुई अध्यक्षलाई धम्कि दिएका थिए । उनले छुट्टै प्रतिवेदन लेख्ने बताएपछि नेता भीम रावल र घनश्याम भूसालले उनलाई साथ दिएका थिए । तर उनको आक्रोस रातारात कसरी शान्त भयो ? त्यो भने रहस्मय रहेको छ ।
विहीबारको बैठक सकेलगतै दुई अध्यक्ष बालुवाटार लागेका थिए । बालुवाटारबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक घण्टा गौतमसँग टेलिफोन सम्वाद गरेका थिए । प्रचण्डको टेलिफोन सम्वादपछि उनको आक्रोस रातारात शान्त भएको अनुमान नेकपा नेताहरुले गरेका छन् । ओलीप्रति आक्रामक रुपम देखाउँदै आएका गौतम प्रचण्डप्रति भने लचक छन् । प्रचण्डले एक घण्टा कुरा गरेपछि उनको आवेग शान्त भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रमक देखिएका गौतम पार्टीभित्र मुल भूमिका निर्वाह गर्न खोजिरहेका छन् । सांसद बन्न प्रधानमन्त्री ओली बाधक बनेपछि उनले पार्टीभित्रकै मुल जिम्मेवारी खोजिरहेका छन् । बालुवाटारबाट प्रचण्डले टेलिफोनमा सक्रिय भूमिकाको आश्वासन दिएको अनुमान नेकपाभित्र गर्न थालिएको छ ।

Comments