काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने

काठमाडौं । राजधानी काठमाडौंमा आज निकै चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दै गएपछि जाडो हुन थालेको हो । शुक्रवार विहान काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार ५.५ डिग्री तापक्रम रहेको काठमाडौंमा शुक्रवार एकाएक १.४ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान ५ः ४५ बजे तापक्रम मापन गरिएको थियो । तापक्रम अझै घट्न सक्ने र अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसम विद्हरुले गरेका छन् । काठमाडौं उपत्यकामा चिसो हावा चल्न थालेको छ । चिसो हावाका कारण पनि जनजिवन प्रभावित बन्न थालेको छ । पश्चिमि वायुको प्रभावका कारण हावा चलेको उनीहरुले बताएका छन् ।

Comments