कर्मचारीलाई प्रचण्डको चेतावनी–कि खटाएको ठाउँमा जानुस् नत्र सरकारले विदा दिन्छ

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारी तलव खाएर सिंहदरवारभित्र सरकारबिरुद्ध नै आन्दोलन गरिरहेका कर्मचारीलाई खटाएको ठाउँमा नगए कारवाही गर्ने चेतावनी दिएका छन् ।

‘राष्ट्रसेवकहरु संविधानको भावना र ऐन कानुनको व्यवस्था अनुसार देशको कुनै भागमा सरकारले खटाएको ठाउँमा जानुपर्छ’ प्रचण्डले भने ‘यदि जान तयार नहुने हो भने कि राजीनामा दिनु परयो की सरकारले विदा दिन्छ ।’ उनले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बिदा दिएर नयाँ भर्ना गर्ने सोचमा पार्टी र सरकार रहेको बताए ।

कर्मचारी अभावका कारण प्रदेश र स्थानीय तह प्रभावित बनेको छ । तर विभिन्न सर्त राखेर कर्मचारीहरु सिंहदरवारभित्र राजनीतिक आन्दोलन गरिहरेका छन् । उनीहरुको आन्दोलनप्रति प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै असन्तुष्ट बनेका छन् ।

प्रचण्डले २ सय बर्षअघिको शासन ब्यवस्था अन्त्य गरेर नयाँ शासन ब्यवस्था आउँदा पनि केही समुह र ब्यक्तिहरुको सोचमा परिवर्तन नआएको बताए । संविधानलाई कार्यान्वयन गर्न र जनतालाई सुविधान दिन कर्मचारी खटाएको ठाउँमा जानु पर्ने बताए । ‘खटाएको ठाउँमा जान मन छैन, भने आफै विदा लिएर गए राम्रो’ प्रचण्डले आक्रोसित हुँदै भने ‘जनतालाई सास्ती दिन काम जस्ले गरेपनि हामी सहन सक्दैनौ ।’

काभ्रेमा आयोजित एक कार्यक्रमम बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकताको काम पुस महिनाभरी सक्ने बताए । ‘लामो समय लगाएर हामीले स्थायी कमिटीमा छलफल गरयौ, पुस मसान्तभित्र सवै तहमा एकीकरण भइक्छ ।’

Comments