संविधान र लोकतन्त्रप्रति कम्युनिष्टमा द्वैध मानसिकता छ : बालकृष्ण खाँड

रुपन्देही । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारको काम गराई देखेर जनता निराश भएको बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आईतवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य समेत रहेका खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको आरोप लगाए ।

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई तत्काल पत्ता लगाई सार्वजनिक गर्न सरकारसंग माग गरे ।

नेता खाँणले व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर भएको स्वीकार गर्दै उनले महासमिति बैठकपछि पार्टी एकता र मेलमिलापको बाटो तय भएको समेत बताए ।

कांग्रेसभित्र व्यवस्थापन फितलो हुँदा मतभेद सिर्जना भएकाले व्यवस्थापकीय क्षमता बलियो बनाएर अगाडि बढ्न जरुरी रहेको बताए ।

Comments