एसपी डिल्लीराज विष्टसहित ४६ जना प्रहरी सेवाबाटै बखास्त

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा प्रहरीले लापरबाहि गरेको भन्दै निलम्बनमा परेका कञ्चनपुरका जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदीश भट्टलाई सेवाबाटै बखास्त गरिएको छ ।

गृहमन्त्रालयको सचिवस्तरिय बैठकले उनिहरुलाई सेवाबाट हटाइएको हो । एसपी विष्ट र भट्ट संगै प्रहरी प्रधान कार्यालय नक्सालले आफ्नो जिम्मेवारी पूरा नगर्ने विगत ६ महिनाको अवधिमा ४६ जना प्रहरीलाई सेवाबाटै हटाएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार कारबाहि पर्नेहरुमा प्रहरी जवानदेखि निरिक्षकसम्म रहेका छन् ।

त्यसैगरी ६ महिनाकै अवधिमा ७३९ जना प्रहरीलाई विभिन्न कारबाहि समेत गरिएको प्रबक्ता सुवेदीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले सर्वसाधारणको गुनासोलाई मध्यनजर गर्दै प्रहरीको गुनासो शाखा समेत सञ्चालन गरेको छ। १११३ नम्बरमा फोन गरेर प्रहरीप्रतिको गुनासो टिपाउन सकिनेछ ।

सेवाको लागि टेलिफोन नम्बर ०१–४४१०१४४ वा निःशुल्क नम्बर १११३ मा डायल गर्न सकिने प्रधान कार्यालयले जनाएको छ। प्रहरीको कामबारे असन्तुष्ट भएर गुनासो गर्नेको लागि केही समयदेखि सेवा सञ्चालन गरेको नेपाल प्रहरीका प्रवक्ता सुवेदीले जानकारी दिए।

Comments