टीकापुर हत्याकाण्डका आरोपी लक्ष्मण थारु कारागारमै विरामी, रातारात अस्पताल भर्ना

धनगढी । टीकापुर नरसंहारको मुख्य योजनाकारको आरोपमा जेल साजय भोगिरहेका लक्ष्मण थारु कारागारमै विरामी परेका छन् । टीकापुर हत्याकाण्डमा ७ प्रहरी र एक नावालकको हत्या गरेको आरोप उनीमाथी लागेको छ । आरोप लागेदेखि फरार रहेका थारु सांसदमा निर्वाचित भएपछि आत्मसमपर्ण गरेका थिए ।

बिहिबार रातीदेखि टाउको, कान र छाति दुख्ने समस्या भएपछि थारुलाई अस्पताल लगिएको थियो । कैलाली अस्पतालमा उपचाररपछि शुक्रवार उनलाई कारगार लगिएको थियो । तर शनिवार विरामी पुन बल्झिएपछि अस्पताल लगिएको कारागार प्रशासनले जनाएको छ । आज विहान पाँच बजे पनि चेकजाँचका लागि सेती अञ्चल अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गरिएको छ । उनको थप उपचारका लागि प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ आफै खट्टिएका छन् । विहान १० बजे विशेषज्ञ डाक्टरलाई देखाउन थारुलाई लिएर उनी आफै अस्पताल जाने बताएका छन् ।

Comments