‘निर्मलाको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्छन्’ : प्रहरी प्रवक्ता क्षेत्री

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएको बताएका छन्।

सामुदायिक सेवा केन्द्र गोङ्गबुको १३ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बनाएको बताए। ‘निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्छन्,’ उनले भने।

उनले आर्थिक वर्ष ०७४/०७५ मा प्रहरीमा बलात्कारसम्बन्धी एक हजार ८८० मुद्दा दायर भएकोमा र एक हजार ३६६ मुद्दाको प्रहरीले सफल अनुसन्धान गरी दोषीलाई काराबाही गरेको जानकारी दिए।

Comments