सुकी हामी काठमाडौंमा छौ, तर गुण्डा लगाएर बच्चाहरूको हत्या गरेको बिर्सेका छैनौं–रसिदा वेगम

काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन काठमाडौं आइपुगेकी छिन् । गैरसरकारी संस्थाको कार्यक्रममा सरकारको विशिष्ट पाहुना बनेर नेपाल आएकी सुकीले प्रधानमन्त्री, राष्ट्रपतिलाई भेट्दैछिन् । तर उनकै देशबाट अमानवीय अपराध सहननसकी भागेका ३५० रोहिन्ज्या शरणार्थीलाई भेट्ने उनको कार्यक्रम तालिका छैन ।

देश छोडेर भागेका ३५० रोहिन्ज्या शरणार्थी काठमाडौंको कपन बसिरहेका छन् । सुकी आएको उनीहरुले थाहा पाइसकेका छन् तर सुकीले उनीहरुका बिषयमा कुनै चासो देखाएकी छैननन् । रोहिन्ज्याका बिषयमा मौन बसेको आरोप उनीले अन्तराष्ट्रिय क्षेत्रमा खेपिरहेकी छिन् । ‘सुकीलाई हामी काठमाडौंको कपनमा छौ भन्ने संदेश कसैले पुरयाइदिए हुन्थ्यो’ रोहिन्ज्या शरणार्थी सेनवारा वेगमले भनिन् ‘उहाँ आउने नआउने कुरा फरक होला तर हामी भएको कुरा उहाँसम्म पुगेहुन्थ्यो ।’

देश छोडेर भारतमा पसे । भारतमा पनि बस्ने वातावरण नबन्दा उनीहरु पाँच वर्षअघि नेपाल आएका हुन् । नेपाल छिरेका उनीहरुले एक छाक टार्न अनेकखाले ज्याला मजदूरी गर्ने गरेको छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले उनीहरुलाई सीमित सुविधाहरू मात्र दिएको छ । सुकी नेपाल आएको थाहा पाएपछि सेनवारा वेगम खुसी छिन् । ‘हाम्रो पनि उता घर–जग्गा सबै छ। तर यता सबै मुस्किल छ। सिर्फ यता लडाईं झगडा छैन।

कपन क्षेत्रमा टहरा बनाएर बसेकी रसिदा वेगमले आफूहरूले आन्दोलन नगर्ने भन्दै नेपाल सरकारलाई नै त्यो कुरा सु चीसँग राखिदिन आग्रह गरेकी छिन् । विगतका बेदनाहरु पोख्दै उनले भनिन् ‘सुकीलाई हामी नेपालमा छौ भन्ने जानकारी गराउन चाहान्छौ, तर गुण्डाहरू लगाएर बच्चाहरूको हत्या गरेको हामीले बिर्सेका छैनौं।’

The post सुकी हामी काठमाडौंमा छौ, तर गुण्डा लगाएर बच्चाहरूको हत्या गरेको बिर्सेका छैनौं–रसिदा वेगम appeared first on YesKathmandu.com.

Comments