नारायणकाजी श्रेष्ठ र कोमल ओलीको बिहे !

काठमाडौँ । नायारयणकाजी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रबक्ता हुन् । कोमल आली नेकपाबाटै राष्ट्रिय सभामा निर्वाचित सांसद । एउटै पार्टीमा रहेका श्रेष्ठ र ओली दुबै अविवाहित । यी दुई अविवाहितको प्रसंगले नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको पछिल्लो बैठक कुनै पनि एजेण्डामा छलफलनै नगरी अर्को पटक बस्नेगरी स्थगित भएको थाहा भएको छ ।

गएको ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय हाई कमाण्डको बैठकमा प्रदेश कमिटीको पुर्णतापछि केन्द्रीय सदस्यहरुको कार्य विभाजनसम्बन्धी एजेण्डा छलफलका लागि बैठक बोलाइएको थियो । तर, त्यस एजेण्डामा प्रवेशै नगरी बैठकको ध्यान एकाएक एउटा फोटोतर्फ मोडियो ।

श्रेष्ठ र कोमल एउटै मञ्चमासंगै रहेको एउटा पत्रिकामा प्रकाशित फोटो हेर्दै अध्यक्ष ओलीले अविवाहित जोडीलाई कस्तो सुहाएको भन्दै ठट्टा गर्न सुरु गरेपछि बैठकको माहोल हाँसोठट्टातर्फ मोडियो । त्यसो त प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, इश्वर पोख्रेल देखि सबै नेताले त्यही फोटोको प्रसंगमा धेरै ठट्टा गर्न भ्याए । यतिसम्मकि अविवाहित श्रेष्ठलाई साँच्चै कुमारचाहिँ हो कि होइन भन्नेदेखि कोमलसंगको चिनजानबारे समेत नेताहरुले जिज्ञासा समेत राख्न भ्याए ।

बुधबार साप्ताहिक लेख्छ, त्यहीँ एउटा तस्विरको कारणले बैठकको एजेण्डामा छलफल गर्ने स्थितीनै बनेन । चियाको चुस्कीसंगै रमाइलो ठट्टामै एक घण्टा कसरी बित्यो त्यो पत्तो पनि भएन ।

एक सचिवालय सदस्यले भने, ‘कार्यविभाजन पहिले कि पोलिटब्युरो पहिले गठन गर्ने मत बाझिने गरी सामान्य छलफल भएको थियो तर दुई अध्यक्षले पहिले कार्यविभाजनको गृहकार्य गरेपछि बैठक पुन बस्नेगरी रमाइलो मुडमै बैठक टुंगियो ।’

९ गते गृहकार्य गरेर ११ गते बस्ने गरी बैठक टुंगिए पनि गृहकार्य नपुगेको भन्दै त्यस दिनको बैठक पनि सारिएको थियो । बैठक पुन बस्ने भनिए पनि प्रस्तावित एक दर्जन एजेण्डामा भने सचिवालयमा गतिका साथ गम्भीर छलफल भएको छैन ।

The post नारायणकाजी श्रेष्ठ र कोमल ओलीको बिहे ! appeared first on YesKathmandu.com.

Comments