अाजाद, हिरण्यलाल र हावाबाट चल्ने मिल

हिरण्यलाल पौडेल

पचपन्न वर्ष अगाडि हावाबाट चल्ने धान र मकै कुट्ने मिल बनाएका हिरण्यलाल पौडेल अहिले ८१ वर्षे सक्रिय जीवान बाँचिरहेका छन् । रामेछापको बाबियोखर्क (१९९४ फाल्गुण २८) मा जन्मियका हिरण्यलाललाई नचिनेकोमा आफुलाई ग्लानिमहशुस भयो । उनको बारेमा मलाई पूर्वमन्त्री कमल चौलागाईले केहि बताउनुभएको थियो ।
हिरण्यलाई भेटेर केहि कुरा गर्ने रहरले मैले सम्पर्क गरें । तुरुन्तै फेन उठ्यो । मैले आफ्नो सामान्य परिचय दिएपछि सहजै भोलि भेट्ने अनुमतिमिल्यो ।
भोलिपल्ट साँझ म उनको निवासस्थान बत्तिसपुतली पुगें । मलाई लिन उनी बाहिर आए । नमस्ते ! गरें, तर उनले फुर्तीका साथ हात मिलाए । आराम हुनुहुन्छ भनेर सोधें । जवाफ थियो “शरिलाई स्वस्थ राख्न हमेशा ध्यान दिएको छु । आजसम्म निरोगी छु ।अझै तशारिरीर कमजोरी महशुस भएको छैन्” ।यति संवादहुँदासम्म उनको वैठक कोठामा पुगिसकेका थियौं ।

उनको पिता (जयप्रसाद उपाध्याय (पौडेल) राणाकालीन समयमा रामेछाप मालपोत हाकिम थिए । चार पास गरेका (त्यो जमाामा चार पास निकै महत्वपूर्ण डिग्री थियो) । जनताका छोराछोरीलाई पढ्ने व्यवस्था राम्रो नभएको राणाकालीन समयमा पनि हिरण्यले बाबाको कारण पढाइबाट बञ्चितहुनुपरेन । उनले वि.स.२०१४ सालमा एस्.एल.सि. उत्र्तीण गरेका थिए । २०२२ मा आई.ए, २०३२ मा वि.ए.( समाजशास्त्र र अर्थशास्त्र) र २०५५ मा अंग्रेजी विषय लिएर एम्.ए सम्म अध्ययन गरेका छन् । तर उनको एम्.ए. को पढाई भने पुरा हुनसकेन ।

विद्यालय स्थापना

हिरण्यालाल र नारायणबाबु श्रेष्ठ भएर २०१५ सालमा रामेछापको डाँडामा विद्यालय स्थापना गरे । विद्यालयको उद्घाटन गर्ने रामेछापको तत्कालिन बडाहाकिम ध्यानबहादुर राईले थिए । हिरण्यलालले त्यस विद्यालयको संस्थापक हेडमास्टर भएर ५–६ महिनाकाम गरे । पढेलेखेको मान्छे नपाइने जमना थियो । उनलाई सिंधुलीको खुर्कोटमा पनि एउटा विद्यालय स्थापना गर्न मन लाग्यो । उनले आफ्नै नेतृत्व माखुर्कोटमा भिमेश्वर मिडिल स्कुल स्थापना गरेका थिए । त्यसको पनि संस्थापक प्रध्यानाध्यापक भएर पढाउन थाले हिरण्यलाल । त्यतिवेला उनको पढाए वापतको पारिश्रमिक थियो– ५० रुपैयाँ । वार्षिक १० मुरी धान पनि आउँथ्यो ।
युवा उमेरमा हिरण्य क्रान्तिकारी थिए ।माओ त्सेतुङको क्रान्तिबाट निकै प्रभावित । चकले माओको तस्वीर कालोपाटीमा कोरेर विद्यार्थीलाई माओको बारेमा पढाएको सम्झदा निकै उत्साहित देखिन्थे । उनले आफ्नो युवाकाल सम्झदै भने, “युवा उमेरमा क्रान्तिकारी बन्न मन हुनेरहेछ । तपाईहरुलाई पनि त लाग्यो होला नि !” अहिले पनि उनी चीनको विकासबाट निकै प्रभाति छन् र नेपालले पनि चीनको विकास नीतिबाट सिक्नुपर्ने धारणा राख्छन् ।

पञ्चायतले मारिदिएको हिरण्यको विद्यार्थी

उनले खुर्कोटको भिमेश्वर स्कुलमा कालो पाटीमा माओको तस्वीर बनाउँदै अन्यायको विरद्ध आफ्ना विद्याार्थीलाई पढाउँदा एक जनाविद्यार्थी मओको क्रान्ति र आफ्नो गुरुबाट प्रभावित भएर पञ्चायती शासनको विरुद्धमा लागेका रहेछन् । उनले ती दिन सम्झदै भने, मेरो विद्यार्थीलाई पञ्चायतले मारिदियो । ऊनिकै मिहेनती र गंभीर प्रकृतिका थिए । कति राम्रो अक्षर लेख्थे ।” कुरा गर्दै जाँदा हिरण्यलाल एकाएक भकान्निए । उनको गला अबरद्ध भयो ।गोजिबाट रुमालनिकालेर आँशु पुछ्दै उनले आफुलाई सम्हाले । उनको अनुहारमा निकै घृणाको भाव देखिन्थ्यो । उनलाई २०३६ सालमा पञ्चहरुले गोली ठोकेर मारेका रहेछन् । ती यौद्धा अरु कोहि नभएर ऋिषी देवकोटा आजाद थिए । हिरण्यले आजादप्रतिको प्रेम हृदयभरी निकै जतन गरेर राखेका रहेछन् ।

उनले ती दिन सम्झदै भने, मेरो विद्यार्थीलाई पञ्चायतले मारिदियो । ऊनिकै मिहेनती र गंभीर प्रकृतिका थिए । कति राम्रो अक्षर लेख्थे ।” कुरा गर्दै जाँदा हिरण्यलाल एकाएक भकान्निए । उनको गला अबरद्ध भयो ।गोजिबाट रुमालनिकालेर आँशु पुछ्दै उनले आफुलाई सम्हाले । उनको अनुहारमा निकै घृणाको भाव देखिन्थ्यो । उनलाई २०३६ सालमा पञ्चहरुले गोली ठोकेर मारेका रहेछन् । ती यौद्धा अरु कोहि नभएर ऋिषी देवकोटा आजाद थिए । हिरण्यले आजादप्रतिको प्रेम हृदयभरी निकै जतन गरेर राखेका रहेछन् ।

हावाबाट निकालेको विजुली र मिल

हिरण्यलाल काठमाडौंमा आई.ए पढ्दै थिए । २६ वर्षको युवा उमेर थियो ।उनले रामेछापको डाँडामा हावाबाट चल्ने मिलबनाएर देखाए र बत्ती पनि बाले । त्यो २०२० सालतिरको कुरा थियो । उनको भनाइ अनुसार त्यो नेपालकै पहिलो आविष्कार थियो । उनले कसरी गरे त त्यस्तो आविस्कार ?

हावाबाट मिलहाल्ने कुरामा केन्द्रीय विषय थियो–हावाको शक्तिलाई कसरी मिलमा प्रयोग गर्ने ? हल्याण्डमा हावाबाट मिल चलाउछ भन्ने जानकारी उनलेपाएका रहेछन् । निकै कडा हावाभल्ने रामेछाप डाँडामा हिरण्यलाई मिल राख्ने रहर असाध्यै जाग्यो । युवा उमेरको रहर पुरा गर्न कुनै उपाए बाँकी राखेनन् । स्टिम इन्जिनको आविस्कार हुनु भन्दा पहिला हावाको गतीलाई प्रयोग गरेर जहाजहरु चलाउने गरिन्थ्यो । बेलायतमा औद्योगिक क्रान्ति भएपछि स्टिम इन्जिन प्रयोगमा आएको थियो । यी सबै पृष्ठभूमिको अध्ययन गरेका हिरण्यले त्यसको डिजाइन, इन्जिनियरिङ, प्लानिङ सबै आफैले गरे । सबै सामान जोहो गरेर काठमाडौेंदेखि धुलिखेलसम्म ट्रकमा लगियो । त्यहाँबाट रामेछापकै ११ जना भरिया लगाएर सातदिनमा रामेछाप पुगेको त्यो विगतप्रति उनलाई गौरव छ ।

पंखा कसरी घुमाउने, पंखाको पछाडि राखिएको डाइनामो कसरी घुमाउने, हावाबाट उत्पादनभएको इनर्जी मिलभित्र कसरी ट्रन्सफर गर्ने ? यीचुनौतिको समाधान गर्ने सबै उपाय सुल्झिए । पुरानो जर्मनी गाडिको डिफ्रेन्सर खोजेर ल्याइएको थियो । त्यसलाई पंखा र डाइनामोभन्दा अलितल जडान गरियो । त्यो भन्दा तल गियरबक्स राखेर हावाबाट उत्पादन भएको इनर्जी मिलमा कनेक्स गरिदिए । काम सफलभयो । हिरण्यका लागि जीवनकै धेरै खुसीको क्षण थियोत्यो । त्यसबाट बत्ती पनि बल्यो ।

पंखा कसरी घुमाउने, पंखाको पछाडि राखिएको डाइनामो कसरी घुमाउने, हावाबाट उत्पादनभएको इनर्जी मिलभित्र कसरी ट्रन्सफर गर्ने ? यीचुनौतिको समाधान गर्ने सबै उपाय सुल्झिए । पुरानो जर्मनी गाडिको डिफ्रेन्सर खोजेर ल्याइएको थियो । त्यसलाई पंखा र डाइनामोभन्दा अलितल जडान गरियो । त्यो भन्दा तल गियरबक्स राखेर हावाबाट उत्पादन भएको इनर्जी मिलमा कनेक्स गरिदिए । काम सफलभयो । हिरण्यका लागि जीवनकै धेरै खुसीको क्षण थियोत्यो । त्यसबाट बत्ती पनि बल्यो ।

उनको त्यो आविस्कारलाई रोनाष्ट (अहिलेको नाष्ट) ले मान्यता नै प्रधान गरेको थियो । उनले रोनाष्टबाट पुरुकार पनिपाए ।

विकास सम्बन्धि हिरण्यको धारणा

नेपालको विकस पनिचीनको जस्तै मोडलमा गर्नुपर्ने उनको धारण छ । धेरै शिर्षकमा बजेट छरेर हाम्रो जस्तो मुलुकको विकास हुननसक्ने उनी बताउछन् । सडक, पर्यटन, प्राविधिकशिक्षा, कृषि र पानीमा पहिलो प्राथकिता दिएर बजेट विनियोजन गर्नुपर्नेमा उनले बताए ।

हिरण्यले रामेछापको सडक विकासका लागि थुप्रै काम गरेका छन् । सिंगो रामेछापको विकास कसरी गर्न सकिन्छ भन्नेमा उनले मसिनो गरी अनुसन्धानपनि गरेका छन् । उनकाअनुसार रामेछापको विकसका लागि पहिलो प्राथमिकता सडक र पर्यटनलाई दिनुपर्छ । पर्यटनको विकासका लागि चाहिले सांस्कृतिक कार्यक्रम, राम्रो बोलिबचन र अर्गानिक कृषिउत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

(लेखक: राजकुमार श्रेष्ठ)

The post अाजाद, हिरण्यलाल र हावाबाट चल्ने मिल appeared first on YesKathmandu.com.

Comments