“३८ बुँदे ककनी घोषणापत्र” जारी गर्दै सकियो काँग्रेस जिल्ला सभापतिहरुको भेला

काठमाण्डौ । लोकतान्त्रिक गणतन्त्र र संघीयताप्रति सजग रहन नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नुवाकोटको ककनीमा दुई दिन सम्म चलेको जिल्ला सभापतिहरुको भेलाले ‘३८ बुँदे ककनी घोषणपत्र’ जारी गर्दै लोकतन्त्रिक मूल्य मान्यताको संरक्षणमा सजग र सचेत रहन अपिल गरेको हो ।

‘कांग्रेसको सबै तह र संगठनलाई लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र, संघीयता, विधिको शासन, मानवअधिकार, लगायतका विश्वव्यापी लोकतन्त्रिक मूल्य मान्यताको संरक्षणमा सजग र सचेत रहन अपिल गर्दै सशक्त भूमिका निर्वाह गर्दै जान यो बैठक हार्दिक अपिल गर्दछ’ घोषणापत्रको बुँदा नम्बर ३६ मा लेखिएको छ ।

ककनीमा बुधबार र बिहीबार भएको भेलाले लोकतन्त्र तथा विधिको शासनविरुद्ध सरकार न्यायपालिका, पत्रकारिता तथा विभिन्न पेशा व्यवसायी क्षेत्रमाथि हस्तक्षेपमा उत्रेको आरोप लगाएको छ । सरकारले बेलैमा कर्मचारी समायोजन गर्न नसकेका कारण स्थानीय तहमा सेवाग्राहीले सेवा पाउन नसकेको भन्दै कांग्रेसले उचित व्यवस्थापनका लागिसमेत सरकारको ध्यानाकर्षण गरेको छ ।

The post “३८ बुँदे ककनी घोषणापत्र” जारी गर्दै सकियो काँग्रेस जिल्ला सभापतिहरुको भेला appeared first on YesKathmandu.com.

Comments