जोर विजोरको सरकारी निर्णय अवज्ञा गर्न गगन थापाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जोर विजार प्रणालीको अवज्ञा गर्न आहृवान गरेका छन् ।

धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको भन्दै उनले जोरविजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका हुन् ।

नेता थापाले ‘युथ कांग्रेस नेपाल’ नामक संस्थाले गरेको आहृवान पोष्ट शेर गर्दै ट्वीटरमा लेखेका छन्, ”सही कामको लागि सरकारले आव्हान गर्दा जोर विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’

 

The post जोर विजोरको सरकारी निर्णय अवज्ञा गर्न गगन थापाको आह्वान appeared first on YesKathmandu.com.

Comments