कानुन निर्माणको कामलाई उच्च प्राथमिकता :  मन्त्री ढकाल

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिएका कानुन प्रतिस्थापनको कामलाई उच्च प्राथमिकता दिने बताएका छन् ।

बिहीबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री ढकालले द्वन्द्व पीडितलाई न्याय दिने काममा ढिलाई हुन नदिन सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित कानुन बनाउने कामलाई प्राथमिकतामा रोखेको पनि बताए । स्थानीय, प्रदेश र संघको कामलाई सहज बनाउन सरकारले कानुन निर्माणको कामलाई उच्च प्राथमिकतामा राख्नु परेको मन्त्री ढकालको भनाई थियो ।

मन्त्री ढकालले साझा सूचिसँग सम्बन्धित कानुन पनि संसदको आगामी हिउँदे अधिवेशनमा पारित गर्ने सरकारको योजना रहेको बताए ।
मन्त्री ढकालले द्वन्द्व पीडितलाई न्याय दिने र शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकार लागि परेको पनि बताए ।

The post कानुन निर्माणको कामलाई उच्च प्राथमिकता :  मन्त्री ढकाल appeared first on YesKathmandu.com.

Comments