गाउँ गाउँमा सिंहदरवार की ? गाउँ-गाउँमा बिवाद !

दुर्गा विसी
सल्यान । सत्तारुढ र प्रतिपक्ष दलका नेताहरु संघिय संविधान जारी भएयता सभा समारोहदेखि चियागफमा समेत एउटा शब्द भन्नु छुटाउँदैनन् ‘गाउँ गाउँमा सिहदरवार’ । केन्द्रीकृत शासन ब्यबस्थाको मुल प्रशासनिक निकाय सिंहदरवार थियो । तर नेपालको नयाँ संविधान जारी भएपछि मुख्य प्रशासनिक थलो गाउँपालिका र नगरपालिका बनेका थिए । यिनै नगरपालिका र गाउँपालिकालाई नेताहरुले गाउँ गाउँमा सिहदरवारको संज्ञा दिएका हुन् ।

गाउँ गाउँमा सिंहदरवारको अधिकार मात्र गएको छैन, सिंहदवारभित्र हुने राजनीतिक विवाद पनि गाउँ पुगेको छ । सिंहदवारमा हुने राजनीतिक दाउपेज जस्तै गाउँपालिका र नगरपालिका पनि अभ्यास भइरहेको छ । यस्तै मध्येको एक लोकतान्त्रिक अभ्यास सल्यानको बन्गाड कुपिण्डे नगरपालिका भयो ।

२०७५ साल असार २५ गतेभित्र नगरसभा सम्पन्न भइसक्नु पर्ने कानुनी प्रावधान छ । तर नगरसभाका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा ५ महिना नगरसभा बिलम्ब भयो । नगरसभा विलम्ब हुँदा दशै र तिहार जस्ता चार्डपर्वमा शिक्षक कर्मचारीले तलव खाना पाएनन् भने बृद्धाहरुको भत्ता आश पाँच महिना लम्बियो । तर लोकतान्त्रिक अभ्यास गरेर अन्त मेयर गोविन्द पु्न, उपमेयर मञ्जु यरी र बडा अध्यक्षहरुले आफ्नो समस्या आफै हल गरेका छन् ।

निरन्तरको छलफल र बहसपछि आगमी मंसिर १८ गते नगरसभा बस्ने भएको छ । विवादको बुद्दाहरुमा लगभग सहमति भइसकेको नगरप्रमुख गोविन्द पुनले बताए । ‘करिव ३ दिनको दैनिक कार्यापालिक वैठकले यहि मंसिर १८ गते १० वजेको लागि नगर सभाको मिती तय गरेको छ’ वडा सदस्य मोमद रोकाले भने ।

The post गाउँ गाउँमा सिंहदरवार की ? गाउँ-गाउँमा बिवाद ! appeared first on YesKathmandu.com.

Comments