टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

काठमाण्डौ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५७५२ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन का ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो।

गम्भीर घाइते भएका राजबंशीलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।दुर्घटनापछि टिपरलाई नियन्त्रणमा लिइ पनि चालक भने फरार रहेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए।

The post टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो appeared first on YesKathmandu.com.

Comments