कसैकाे निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन् : भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य तथा सुदूरपश्चि प्रदेश ईञ्चार्ज भीम रावलले कुनै व्यक्ति र निजि संस्थाको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

राजधानिमा शुक्रवारबाट शुरु भएको एसिया प्यासिफिक सम्मेलनको सामाजिक सञ्जाल ट्वीटरमार्फत विरोध गर्दै नेता रावलले यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेता रावलले शान्तिको नाममा सम्मेलन गर्नेहरुले त्यसका लागि आएको पैसाबारे जनतालाई भन्नुपर्ने र यसमा सरकार जवाफदेही हुनुपर्ने समेत बताएका छन् । उनले राष्ट्रिय हित, कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्न समेत सरकारलाई आग्रह गरेका छन् ।

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रीय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्याे । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।’

The post कसैकाे निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन् : भीम रावल appeared first on YesKathmandu.com.

Comments