चाैतर्फी चर्चा श्रृंखलाकाे, ताज पहिरी मिस वर्ल्ड जित्ने दाउमा

काठमाण्डाै । चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा सहभागी छिन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १ सय २० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर सामाजिक संजालमा भने मिस वर्ल्ड र श्रृङ्खला खतिवडा निकै चर्चाका विषय बनेका छन्।

इतिहास हेर्ने हो भने वामपन्थी विचारधारा बोक्ने नेता तथा कार्यकर्ता सुन्दरी प्रतियोगिताका विरोधी देखिन्छन्। श्रृङ्खला खतिवडा वामपन्थी विचारधारकै नेताकी छोरी भएर सुन्दरी प्रतियोगितामा गई मिस नेपालको ताज पहिरी मिस वर्ल्ड जित्ने दाउमा छिन्। सोही विचारधाराका नेताहरुले नै उनको समर्थन गर्दै उनलाई जिताउन अपिलसमेत गरेका छन्। यस कार्यको समर्थन तथा विरोध दुवै थरीका विचारले सामाजिक सञ्जाल राँकिएको छ।

सुन्दरी प्रतियोगितालाई कटाक्ष गर्दै लेखक सीमा आभास आफ्नो फेसबुक मार्फत प्रश्न गर्छिन्, ‘अब यो सुन्दरी प्रतियोगिता क्रान्तिकारीहरुको लागि गर्वको विषय हो कि विरोधको ?’

उनले थप अर्को स्ट्याटस् मार्फत्, ‘कामरेड श्रृङ्खला खतिवडाले विश्वसुन्दरीको ताज पहिरेर सिंगो देशलाई उच्च बनाएकोमा यो बहुमतको सरकार र सिंगो पार्टी गर्व गर्छ।’ भनेको शुभकामना पढ्ने र सुन्ने इच्छा तीव्र छ। कामना पुर्‍याइदेऊ प्रभु।’ भन्दै सुरुवातदेखि नै सुन्दरी प्रतियोगिताको विरोध गर्दै आइरहेका कम्युनिस्ट पार्टीका नेताहरु एकाएक श्रृङ्खलाको पक्षमा भोट माग्न उत्रिएको कार्यप्रति व्यङ्ग्य गरेकी छिन्।

त्यस्तै लेखक सरिता तिवारीको पनि ‘यो न्याय मरेको देशमा श्रृङ्खला खतिवडाको सुन्दरी ताज एउटा भद्दा मजाकभन्दा बढी केही हुने छैन। नानी श्रृङ्खला तिमीले हार्नुपर्छ। जित्ने बल नगर।’ भन्दै स्ट्याटसमार्फत निर्मलाले न्याय नपाएको प्रसङ्ग जोड्दै मिस वर्ल्डप्रति आफ्नो धारणा राखेकी छिन्।

नेपालीहरुको गर्वको विषय ?

नेपालकी पहिलो मिस नेपाल (१९९४) रुवी राना मिस वर्ल्डमा श्रृङ्खला खतिवडा सहभागी हुनु र उनले विश्व सुन्दरीको ताज पहिरिनु नेपालकै लागि गर्वको विषय हुने धारणा राख्छिन्। उनी भन्छिन्, ‘श्रृङ्खलाले विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर विश्वसुन्दरीको ताज पहिरिनु नेपालको लागि ऐतिहासिक उपलब्धी हो। यसले छायामा रहेको नेपाललाई केही हदसम्म भए पनि मिस वर्ल्ड श्रृङ्खला खतिवडाको देश भनेर विश्वसामु चिनाउने काम गर्छ। यो सबै नेपालीहरुको लागि गर्वको विषय हो।’

The post चाैतर्फी चर्चा श्रृंखलाकाे, ताज पहिरी मिस वर्ल्ड जित्ने दाउमा appeared first on YesKathmandu.com.

Comments