काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा ४ दिन जोरबिजोर प्रणाली लागू

काठमाडौं । राजधानीको सडकमा चल्ने सवारी साधनमा मंसिर १३ देखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

आगामी मंसिर १४ देखि १७ सम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुने विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन जोरबिजोर प्रणाली लागू गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
चल्ने भएका छन्।

शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन्।

अत्यावश्यक सेवार शैक्षिक स‌स्थाका सवारी साधनमा भने जाेर बिजाेर लागु हुने छैन् ।

 

The post काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा ४ दिन जोरबिजोर प्रणाली लागू appeared first on YesKathmandu.com.

Comments