नेपाल र कम्बोडियाबीच हवाई सम्झौता, सातामा १४ वटा सम्म उडान भर्न पाउने

काठमाण्डौ । नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ। सिधा हवाई रुटका विषयमा दुई देशबीच हस्ताक्षर सम्पन्न भएको हो।पर्यटन मन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेट्यारिएट अफ सिभिल एभिएसन माओ हेभेनिलले सम्झौतामा हस्ताक्षर गरेको हो। कम्बोडियाका प्रधानमन्त्री हुन सेन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झौता भएको नागरिक उड्डयन प्राधिकरण मन्त्रालका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।

सातामा १४ वटासम्म उडान गर्न पाउने गरी नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ। मन्त्रालयले कम्बोडियासँग हवाईसहित कार्गो उडानमा समेत सम्झौता गरेको हो। कार्गो उडानमा भने कुनै सीमा तोकिएको छैन। दुवै देशबीच हुने हवाई सम्झौतामा साताको दुवै देशका १४ – १४ उडान हुनेछन् ।

The post नेपाल र कम्बोडियाबीच हवाई सम्झौता, सातामा १४ वटा सम्म उडान भर्न पाउने appeared first on YesKathmandu.com.

Comments