अख्तियारद्वारा पाठ्यक्रम विकास केन्द्रका लेखापालविरुद्ध मुद्दा दायर

काठमाडौं । पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका लेखापाल गुणराज दाहालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको दावीसहित अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सम्झौता अनुसारको काम सकेर बिल पेश गरी भुक्तानी माग्दा लेखापाल दाहालले २५ हजार रुपैयाँ घुस लिएको अख्तियारको दावि छ ।

The post अख्तियारद्वारा पाठ्यक्रम विकास केन्द्रका लेखापालविरुद्ध मुद्दा दायर appeared first on YesKathmandu.com.

Comments