फरार फुटबरकी पत्नी संगीता पक्राउ, १ करोड ३८ लाख ठगीकाे अाराेप

 

काठमाडौँ ।  चर्चित फुटबल खेलाडी निराजन रायमाझीकी श्रीमती संगीता अधिकारी (रायमाझी)लाई प्रहरीले पक्राउ गरेको छ ।  क्यानाडा पठाइदिन्छु भन्दै छ जनाबाट १ करोड ३८ लाख ठगी गरेर फरार रहेकीले उनलार्इ प्रहरीले  पक्राउ गरेकाे हाे।

मोटो रकम ठगी गरेर फरार रहेकी रायमाझीलाई अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौँबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको एसएसपी धिरज प्रताप सिंहले बताए । उनलार्इ अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको सहायतामा प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार पीडितहरूको पासपोर्टमा क्यानडाको नक्कली भिसा लगाएर रायमाझीले ठगी गरेकाे थियाे ।  काभ्रेका नविन तामाङबाट २३ लाख, दोलखाका सुदिन खड्काबाट २६ लाख २० हजार, भक्तपुरका रामकृष्ण सुवालबाट १९ लाख ९० हजार, काभ्रेका धिरेन्द्र कुमार पुलामीबाट २२ लाख र भक्तपुरका जयराम सुकुभुटुबाट २० लाख लिएर रायमाझी फरार भएकी थिइन् ।

 

The post फरार फुटबरकी पत्नी संगीता पक्राउ, १ करोड ३८ लाख ठगीकाे अाराेप appeared first on YesKathmandu.com.

Comments