कर्ण र आशिषको गोलमा हिमालयन शेर्पाको जित

काठमाडौं । हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा मछिन्द्र क्लबलाई २-० गोल अन्तरले हराएर हिमालयन शेर्पाले तेस्रो जित हात पारेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हिमालयन शेर्पाको जितमा कर्ण लिम्बु र आशिष गुरुङले एक एक गोल गरे । मछिन्द्रविरुद्ध हिमालयन शेर्पाले दुवै हाफमा एक एक गोल गरेको थियो ।

खेलको २१ औं मिनेटमा आशिष गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले उत्कृष्ट हेड गोल गरे ।त्यसपछि खेलको ९० औं मिनेटमा कर्णले गोल गर्दै हिमालयन शेर्पालाई २-० को जित दिलाए । जारी लिगमा उनको यो तेस्रो गोल हो ।

खेलमा हिमालयन शेर्पाका उलरीच सीवी म्यान अफ दि म्याच चुनिए । जितसंगै हिमालयन शेर्पाले ४ खेलबाट १० अंक जोडेको छ । र, हिमालयन शेर्पा लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

मात्र २ अंक जोडेको मछिन्द्र ११ औं स्थानमा छ ।

The post कर्ण र आशिषको गोलमा हिमालयन शेर्पाको जित appeared first on YesKathmandu.com.

Comments