बलिउड अभिनेत्री प्रियङ्काद्वारा निर्मित नेपाली सिनेमा ‘पाहुना’को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । बलिउडकी अभिनेत्री प्रियंका चोपडाद्वारा निर्माण गरिएको नेपाली सिनेमा ‘पाहुना : द लिटिल भिजिटर्स’को नया गीत सार्वजनिक गरिएको छ ।

नेपाली भाषामा तयार पारिएको ‘सानो नौलो संसार’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा अंग्रेजी सबटाइटल राखिएको छ।

पियूष नेपाल र अभिव्यन्जना रुवी थतालको स्वर रहेको उक्त गीतमा सागर देसाइले संगीत दिएका छन् भनखे पियूष नेपाल र प्रयास नेपालले गीतको रचना गरेका हुन् ।

निर्माण गरिएको सिनेमालाई प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको बताइएको छ ।
उक्त सिनेमामा नेपालमा माओवादी आन्दोलनबाट बँचेर सिक्किम पुगेका तीन बालबालिकाको कथालाई प्रस्तुत गरिएको छ, भने बाल कलाकार इसिका गुरुङ र अनमोल लिम्बुको पनि सिनेमामा मुख्य भूमिकामा रहेको छ ।

पाखी ए टायरवाला निर्देशित फिल्म पाहुना द लिटिल भिजिटर्स ७ डिसेम्बर, अर्थात मंसिर २१ मा रिलिज हुने तयारीमा रहेको छ ।

भिडियोसहित :

The post बलिउड अभिनेत्री प्रियङ्काद्वारा निर्मित नेपाली सिनेमा ‘पाहुना’को गीत सार्वजनिक (भिडियोसहित) appeared first on YesKathmandu.com.

Comments