विधानअनुसार नेविसंघको महाधिवेशन तत्काल गर्न असन्तुष्ट समूहको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघका असन्तुष्ट समूहले १२ औँ महाधिवेशन तत्काल गर्न माग गरेका छन् । शुक्रवार राजधानिमा पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री हरिहर शर्माले संघको विधान अनुसार तत्काल अधिवेशन गर्न माग गरेका हुन् ।

“बहुमत केन्द्रीय सदस्यहरूको भावना र विधानविपरीत तोकिएको १२ औँ महाधिवेशनको मिति बारम्बार सार्दै जाँदा सङ्घ कमजोर हुँदै जानेछ, नेविसंघलाई व्यक्तिगत झुण्डको स्वार्थका आधारमा प्रयोग गरिनुहुँदैन ” शर्माले भने ।

परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको आरोप छ । प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरू छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले सङ्गठनमा असमानताको स्थिति र्सिजना गर्ने उनको भनाई छ ।

महाधिवेशनको विकल्प महाधिवेशन नै भएको भन्दै उक्त समूहले तोकिएको समयमा सबै प्रक्रिया पूरा गरी महाधिवेशन गर्न माग गरेको छ । कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य तेज बानियाँ, कल्पना खड्का र भोला नेपालले नेविसंघको महाधिवेशन समयमै हुनुपर्ने र विवादलाई अन्त्य गरी विद्यार्थी आन्दोलनलाई माथि उठाउन लाग्नुपर्नेमा जोड दिए ।

The post विधानअनुसार नेविसंघको महाधिवेशन तत्काल गर्न असन्तुष्ट समूहको माग appeared first on YesKathmandu.com.

Comments