‘म हारे‌ं, अब न्याय पाउँने आशा मर्‍यो’ : निर्मलाकी आमा

काठमाडौँ ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी अामा दुर्गादेवीले न्याय पाउँने अाशा मारेकी छिन् । दुर्गादेविले भनिन्, ‘म हारे‌ं, अब न्याय पाउँने आशा मर्‍यो ।’ उनले  आन्दोलन, धर्ना र मिडियाबाजीबाट न्याय पाइएला कि भन्ने आशा अब मर्दै गएको बताइन् ।

उता अस्पतालमा भर्ना गरिएकाे निर्मलाका बुबा यज्ञराज पन्तको  मानसिक स्वास्थ्य अवस्था झन जटिल बन्दै गएको छ । यज्ञराजको बाहिर आए जस्तो मानसिक समस्या नरहेको तर तनावका कारण केही असर देखिएको डा. सरोज ओझाले जानकारी दिदै आए पनि, तर उनको स्वास्थ्य अवस्था आजबाट झनै विग्रदै गएको आफन्त प्रेमवती राणाले बताइन् । के भएको हो भन्नेबारे डाक्टरले राम्रोसँग नबताएको अाफन्तहरुकाे गुनासो छ ।

छाेरीकाे न्यायकाे खाेजिमा ४ महिनादेखि सडकमा भाैतारिएकी निर्मला पन्तका अामा दुर्गादेवीले यसरी न्याय पाउने अाशा मार्नु डरलाग्दाे कुरा हाे ।  प्रधानमन्त्री केपी शर्मा अाेलीले अब जताततै सरकारै सरकार देखिने घाेषणा गरेपनि निर्मलाका अामाबुबा भने याे सरकारप्रति पूरै निराश बनेका छन् ।

छोरीको न्यायका लागि २५ कात्तिकदेखि धर्ना बसेका निर्मलाका बुबाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ८ मंसिरमा काठमाडौँ ल्याइएको थियो । अहिले उनको शिक्षण अस्पतालमा उपचार भैरहेको छ । तर स्वास्थ्यमा भने अझै सुधार आउन सकेको छैन् ।

साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । हत्या भएको ४ महिना बतिसक्दा पनि सरकारले अझै हत्यारा पत्ता लगाउन सकेको छैन् ।

The post ‘म हारे‌ं, अब न्याय पाउँने आशा मर्‍यो’ : निर्मलाकी आमा appeared first on YesKathmandu.com.

Comments