जारी टि–१० क्रिकेटमा सन्दीप पछिल्ला दुई खेलमा खर्चिलो बलरका रुपमा दर्ज

काठमाण्डौ । केरला नाइट्सले टी–१० क्रिकेट लिगमा लगातार हार ब्यहोरेको छ । बिहिबार भएको खेलमा २ ओभर बलिङ गरेका सन्दीपले ४७ रन खर्चेर विकेट लिन असफल भए उनी खर्चिलो बलर सावित भए । खेलको चौथो ओभरमा २२ रन खर्चेका सन्दीपले सातौ ओभरमा समेत २५ रन दिएका थिए । सन्दीपको खर्चिलो बलिङसंगै १ सय २ रनको लक्ष्य नर्दन वारिवर्सले ७ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुुरा गर्यो ।

निकोलास पोरनले १८ बलमा विस्फोटक ब्याटिङ गर्दै नटआउट ४३ रन बनाए । आन्द्रे रसेल समेत २९ रनमा नटआउट रहे । शारजाह क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको केरला किंग्सले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । पाउल स्टर्लिङले ६० र इयान मोर्गानले १७ रन बनाएका थिए । क्रिस गेल १४ रनमा आउट भएका थिए । यसअघि, सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । र, उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए ।

दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले राजपुट्सविरुद्ध २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए । पञ्जावविरुद्वको चौथो खेलमा उनले २ ओभर बलिङ गर्दै विना विकेट २८ रन खर्चेका थिए । यो हारसंगै सन्दीपको टिम केरलाको प्ले अफ सम्भावना कमजोर बनेको छ । सुपर लिगमा केरलाको यो दोस्रो हार हो । साविकको विजेता समेत रहेको केरला ३ अंक जोडेर पुछारबाट दोस्रोमा छ ।

 

The post जारी टि–१० क्रिकेटमा सन्दीप पछिल्ला दुई खेलमा खर्चिलो बलरका रुपमा दर्ज appeared first on YesKathmandu.com.

Comments