सडकदेखि सामाजिक सञ्जालसम्म चर्काे विरोध भएपछि जोर विजोर प्रणाली हट्यो

काठमाडौं । सडकदेखि समाजिक सञ्जालसम्म चौतर्फी विरोध भएपछि सरकारले जोर–बिजोर प्रणाली हटाएको छ । बिहीबारदेखि चार दिनसम्म लागु हुनेगरी यसअघि जोर विजोर प्रणाली लगाएको थियो । शुक्रबार विहान ११ बजेदेखी लागुहुनेगरी जोर बिजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गैरररकारी संस्था एसिया प्यासिफिक समिटका विभिन्न २१ देशका भीआइपीहरु नेपाल आएका छन् । उनीहरुको सुरक्षाका लागि भन्दै सरकारले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो । जोर विजोर प्रणालीले राजधानीमा नागरिकले निकै सास्ती भोग्नु परेपछि जोर बिजोर प्रणाली हटाएको हो । समाजिक सञ्जालदेखि सडकका यात्रृसम्मले जोर बिजोर प्रणालीको विरोध गरेका थिए ।

The post सडकदेखि सामाजिक सञ्जालसम्म चर्काे विरोध भएपछि जोर विजोर प्रणाली हट्यो appeared first on YesKathmandu.com.

Comments