फाइल तस्विर
काठमाडौं । भारतीय प्रमुख सत्तारुढ दल बिजेपी आगमी लोकसभा निर्वाचनको तिव्र तयारीमा रहेका बेला क्रिश्चिनका अभियन्ताहरुले नेपालमा सम्मेलन आयोजना गरेका छन् । भारतमा हिन्दुवादी पार्टीका रुपमा चिनिने प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीलाई निर्वाचनमा पराजित गर्ने उदेश्य राखी नेपालमा सम्मेलन गर्न लागिएको भारतीय संस्थापन पक्षको बुझाई छ ।
दक्षिण कोरियाली चर्चको रकमबाट सञ्चालन भएको युनिभर्सल पिस फेडेरेशनले १४ मंसिरमा ‘एसिया प्यासिफिक समिट’ गर्दैछ । ‘एसिया प्यासिफिक समिट–२०१८’ मुल उदेश्यको हो भारतीय लोकसभाको निर्वाचन । दक्षिण एसियामा हिन्दुहरुको बाहुल्यतालाई समाप्त पार्ने उदेश्य राखी यो सम्मेलन गर्न लागिएको भारतीय नेताहरुको बुझाई छ ।
युनिभर्सल पिस फेडेरेशन प्रमुख आयोजक र नेपालमा क्रिश्चियन धर्मको प्रचार गर्दै आएको नेशनल कन्फरेन्स अफ एशियन पोलिटिकल पार्टीले सम्मेलनको आयोजना गर्न लागेका छन् । कार्यक्रममा १८ देशका प्रभावशाली ब्यक्तिहरु नेपाल आउँदैछन् । कम्वोडियाका प्रधानमन्त्री समडेच टेचोदेखि म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकी पनि नेपाल आउँदैछन् ।
क्रिश्चियन धर्मसँग सम्बन्धित सवै प्रभावशाली नेताहरु नेपाल आउन लागेका हुन् । धर्म प्रचारको मुख्य उदेश्य बनाउँदै आएको युनिभर्सल पिस फेडेरेशन भारत लगायतका देशमा प्रतिबन्धित छ । भारतमा प्रतिबन्धित संस्थाले नेपालबाट भारतीय निर्वाचनको रणनीतिक योजना बनाउने आशका भारतीय जनता पार्टीले गरेको छ । चार दिनसम्म चल्ने सम्मेलनमा प्रमुख एजेण्डा यही हुने आशंका उनीहरुको छ ।
१८ देशका प्रभावशाली नेताहरु नेपाल आउन थालेपछि अतिथि सत्कारका नाममा नेपाल सरकार सह आयोजनक बनेको थियो । प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसदेखि भारतीय दूतावाससम्मले विरोध गरेपछि सरकार सहआयोजकबाट पछि हटेको हो । नेपालमा क्रिश्चियन धर्मका अभियन्ता मानिने एकनाथ ढकालले सरकारलाई प्रभावमा पारी सहआयोजक बनाउँदै ३१ करोड रकम मागेका थिए । तर सरकारले अतिथि सत्कारका नाममा २ करोड निकासा दिएको छ ।
भित्रि उदेश्य भारतीय निर्वाचनमा मोदीको पार्टीलाई हराउनु भएपनि बाहिर उदेश्य भने जलबायु परिवर्तन, शान्ति तथा विकासका बिषयमा छलफल हुने बताइएको छ ।
The post मोदीको हिन्दुवादी पार्टी विजेपी हराउन नेपालमा क्रिश्चियन सम्मेलन ? सरकारबाट २ करोड निकासा appeared first on YesKathmandu.com.
Comments
Post a Comment