के छ प्रधानमन्त्री कार्यालयको पत्रमा ? जस्ले बिहीबार दिनभर कर्मचारीबीच खैलाबैला मच्चियो !

काठमाण्डौ । सिंहदरवारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्रले यतिबेला कर्मचारीको सक्रियता बढाई दिएको छ । सबै मन्त्रालयलाई पत्र लेखेर १५ दिनभन्दा बढी समयदेखि रोकिएका कामको विवरण प्रधानमन्त्री कार्यलयले मागेपछि कर्मचारीको निद हराम भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रालयहरुलाई पत्र लेख्दै १५ दिनभन्दा बढी समयदेखि मन्त्रालयका शाखा, महाशाखामा अड्किएका फाइलको विवरण प्रधानमन्त्री कार्यालयमा पठाउन भनिएको छ ।

यसअघि मंसिर ५ ६ र ८ गते भएको मन्त्रालयहरुको चौमासिक समीक्षामा एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा पत्र पुग्नै महिना दिन लागेको भन्दै कर्मचारीको कार्यशैलीप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए। कर्मचारीको यो कार्यशैलीप्रति उनले सार्वजनिक रूपमै पनि असन्तुष्टि जनाएका थिए।

प्रधानमन्त्री कार्यालयको पत्र पाएका मन्त्रालयहरूका कर्मचारीबीच बिहीबार खैलाबैला मच्चिएको हो । कामलाई तिब्रता दिन सरकारले ल्याएको नयाँ योजना अनुसार नै काम अघि बढिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

The post के छ प्रधानमन्त्री कार्यालयको पत्रमा ? जस्ले बिहीबार दिनभर कर्मचारीबीच खैलाबैला मच्चियो ! appeared first on YesKathmandu.com.

Comments