शंखारापुर नगर वडा स्तरीय फुटबल शुक्रबारबाट

काठमाडौं । पहिलो संस्करणको शंखारापुर नगर वडा स्तरीय फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ ।

आयोजक शंखारापुर नगर खेलकुद विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबार सुरु हुने जनाएको हो ।

जहरसिंपौवा खेल मैदान र सलम्बूटार मैदानमा हुने प्रतियोगिता मंसिर २२ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा ९ वडाले प्रतिस्पर्धा गर्नेछन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभगी हुने खेलाडी सोहि वडाको हुनु पर्नेछ ।

प्रतियोगिताको विजेताले १ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार पाउने छन् ।

शंखारापुर नगरपालिका खेलकुदको क्षेत्रमा पछि परेको हुनाले नगरपालिकामा रहेका खेलाडी उत्पादन र प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको शंखारापुरका मेयर सुबर्ण श्रेष्ठले जानकारी गराए ।

The post शंखारापुर नगर वडा स्तरीय फुटबल शुक्रबारबाट appeared first on YesKathmandu.com.

Comments