काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आम नेपालीको जीवनमा दीर्घकालीन महत्व राख्ने योजना लिएर आएको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा मन्त्री विष्टले आउँदा दिनमा श्रमजीवीको जीवनमा देखिएका असुरक्षित अवस्थाको अन्त्य हुँदै निश्चिन्त हुने अवस्था आउने स्पष्ट पारे ।
उनले सरकारको नयाँ योजनाले उद्योगीहरुलाई समेत ढुक्कसँग लगानी र व्यवसाय गर्ने वातावरण प्राप्त हुने बताए । त्यस्तै मन्त्री विष्टले सरकार सन्तुलित एवं दीगो आर्थिक विकास हासिल गर्ने बाटोमा हिँडेको बताए ।
सरकारले ल्याएको योजनाको सफल कार्यान्वयनबाट मात्रै सभ्य समाज, समृद्ध समाजदेखि सुखी समाजको कल्पना गर्न सकिने उहाँले बताउनुभयो । यो योजनाले व्यक्ति र परिवारको आर्थिक समस्या समाधान गर्ने पनि उहाँले स्पष्ट पारे । ।
विगतमा श्रमिकहरु विभिन्न समस्याबाट प्रताडित हुँदै आए पनि अहिले रोजगारदाता, श्रमिक र सरकारबीचको साझेदारीले यो अवस्था आएको र नेपाल नयाँ युगमा प्रवेश गरेको मन्त्री विष्टले बताउनुभयो ।
सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाको कार्यान्वयनले नेपाली समाज र आम नागरिकको जीवनमा सुखद दिन आउने बताउँदै मन्त्री विष्टले श्रमप्रतिको सम्मान र स्वदेशमै रोजगारीको वातावरण सिर्जना हुने बताए ।
सरकारको प्राथमिकता नै वैदेशिक रोजगारको निर्भरतालाई न्यूनिकरण गर्दै जाने भएकाले विदेशमा रहेका नेपालीलाई पनि स्वदेश फर्काउने मन्त्री विष्टले बताए ।
त्यस्तै सरकारले हरेक वर्ष मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने पनि मन्त्री विष्टले उल्लेख गरे ।
The post सरकार दीगो आर्थिक विकास हासिल गर्ने बाटोमा हिँडेको छ : मन्त्री विष्ट appeared first on YesKathmandu.com.
Comments
Post a Comment