कांग्रेस भित्र गुट–उपगुट छैन : उपसभापति निधि

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी भित्र कुनै पनि गुट–उपगुट नरहेकोे बताएका छन् ।

उपसभापति निधिले संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा आफ्नो पार्टी अझै सशक्त ढंगले अघि बढ्ने तयारीमा रहेको पनि बताए।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै उपसभापति निधिले पार्टीको विधान मस्यौदामाथि फरक मत रहे पनि त्यसलाई गुटउपगुटको रूपमा बुझ्न नहुने पनि स्पष्ट पारे।

उपसभापति निधिले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कुनै पनि कामै गर्न नसकेको समेत बताए । उनले सरकार संघीयता सफल हुन नदिन संघियताको विपक्षमा उभिएको आरोप लगाए। कांग्रेसले अहिले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको पनि उपसभापति निधिले बताए ।

सरकार संघीयताविरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको उपसभापति निधिको भनाइ थियो ।

The post कांग्रेस भित्र गुट–उपगुट छैन : उपसभापति निधि appeared first on YesKathmandu.com.

Comments