प्रधानमन्त्रीको ‘काउन्टर’मा टाँसिएका निर्मला पन्तका पोष्टर प्रहरीले च्यात्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘काउन्टर’मा टाँसिएका निर्मला पन्तका पोष्टर प्रहरीले हटाएको छ । ‘सरकार भेटियो तर न्याय भेटिएन’ भन्दै राजधानीका पोलहरुमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका तस्विर टाँसेको थियो ।

सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्दा सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पोष्टर राजधानीका सडक पोलमा टाँसेको थियो । नयाँ युगको शुभारम्भ भएको घोषणा गर्दै प्रधानमन्त्रीका पोष्टर टाँसिएका थिए । प्रधानमन्त्री ओलीको पोष्टर टाँसेकै राति एक समुहले ‘सरकार भेटियो तर न्याय भेटिएन’ भन्दै राजधानीका पोलहरुमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका तस्विर टाँसेको थियो । निर्मला पन्तका ति पोष्टरहरु प्रहरीले बिधुत पोलबाट हटाउन थालेका छ ।

प्रधानमन्त्री ओलीको तस्विर टाँसिएको केही घण्टामै निर्मला पन्तको तस्विर टाँसिएको थियो । सरकारबिरुद्ध लगातार समाजिक सञ्जालबाट आक्रमण गरिरहेका समुहले नै निर्मलाको तस्विर प्रधानमन्त्रीको काउन्टरमा टाँसेको हो ।

निर्मला पन्तका परिवारले न्याय नपाएपछि अन्तराष्ट्रिय समुदायले पनि दवाव बढाएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगले निर्मला पन्तका बिषयमा सरकारले शंकास्पद गतिविधि गरिरहेको बताएको छ । यसबाट निर्मला पन्तको घटना अब अन्तराष्ट्रियकरण हुन पुगेको छ ।

निर्मला पन्तका बाबु आमाले पनि धर्नाबाट निरन्तर सरकारलाई दवाव दिइरहेका छन् । कञ्चनपुरदेखि काठमाडौंसम्म सरकारमाथी दवाव बढिरहेको छ । तरपनि निर्मला पन्त प्रकरणमा सरकारले गतिलो जवाफ दिन सकेको छैन । सरकारलाई निर्मला पन्तका बलात्कारी र हत्यारालाई सार्वजनिक गर्न बाध्य पार्ने उदेश्यले सडकका पोलमा पोष्टर टाँसिएको हो । प्रहरीले ति पोष्टरहरु पोलबाट अहिले हटाइरहेको छ । सरकारको निर्देशनमा हटाएको हो वा प्रहरी आफैले हटाउन लागेको हो त्यो भने खुल्न सकेको छैन ।

The post प्रधानमन्त्रीको ‘काउन्टर’मा टाँसिएका निर्मला पन्तका पोष्टर प्रहरीले च्यात्यो appeared first on YesKathmandu.com.

Comments